अर्घाखाँचीं,
मंसिर ११ ।
अर्घाखाँचीमा बुधबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत भएको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क-६ नरपानीमा बुधबार अपराह्न दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र थप २ जनाको उपचारको क्रममा ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा ७ महिला र १२ पुरुष छन् । दुर्घटनास्थलमै मृत्यु हुनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, बस धनी बस्नेतकी भाइबुहारी शीतगंगा-२ की २७ वर्षीया सीता बस्नेत, सन्धिखर्क-७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत, सन्धिखर्क-७ ५९ वर्षीया की सिताकुमारी सार्की, भुमिकास्थान-९ की ५० वर्षीया सिता घिमिरे, विष्णुमाया गैरे, भुमिकास्थान-७ का ५१ वर्षीय मेघनाथ जैशी भण्डारी, भुमिकास्थान-१० का ५४ वर्षीय छविलाल गैरै, सितगंगा–१ की १५ वर्षीया मञ्जु विक, सितगंगा-७ का ४८ वर्षीय लोकबहादुर दर्जी, ५४ वर्षीय हरी बहादुर दर्जी, सितगंगा-८ का ४२ वर्षीय कृष्णबहादुर सुनार र वाणगंगा-७ कपिलबस्तुका ३ वर्षीय बालक शोभाखर पोखरेल रहेका छन् ।
त्यस्तै भुमिकास्थान नगरपालिका-९ का २३ वर्षीय शैलेस थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बस धनी शीतगंगा नगरपालिका-२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्याएपछि निधन भएको हो ।







