पत्रकार विनय कसजूको निधन

काठमाडौं,
मंसिर १० ।

पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन भएको छ । निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो । गुल्मीको रिडिमा जन्मिनुभएका कसजूका ५० बढी बाल साहित्यका कृति प्रकाशित छन् ।

राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत रहनुभएका कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार