काठमाडौं,
मंसिर ९ ।
नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलनमा अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताइएको छ ।
कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको भएको बताए ।






