धरान,
मंसिर ५ ।
धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दशौँ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए । अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु, मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन, मिस पुर्वान्चल २०१७ फर्स्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वाञ्चल २०१८ फर्स्ट रनर अप अनिला क्षेत्री रहेका थिए ।
सहभागीहरुको योग्यता, पर्फर्मेन्स अनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने र त्यस्तै बिराटनगर, इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।






