काठमाडौं,
मंसिर २ ।
भकारी एमडीसीको प्रस्तुतिमा शिशिर योगीको स्वर रहेको गीत ‘तिमी आकाशको जुन…’ सार्वजनिक भएको छ । कृष्णबहादुर थापाको शब्द, राजु सिंहको सङ्गीत र प्रदिप श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राजेन्द्र पाण्डेको निर्देशन र छायाँकन रहेको गीतको भिडियोमा साधना शर्मालाई फिचरिङ गरिएको छ ।
शिशिर योगीको स्वरमा रहेको यस अघि सार्वजनिक गीत ‘बा’ले चर्चा पाइरहँदा उनको स्वरमा अर्को गीत सार्वजनिक भएको हो । यस अघि उनको स्वरमा रहेका गीत ‘आमा’ र ‘बा’ सार्वजनिक भएका थिए भने यो गीत सहित अन्य दुई गीत समावेस गरेर एल्बको तयारीमा रहेको बताइएको छ ।
एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ हामीले प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि स्रोता/दर्शकको माया पाउनेमा आशावादी छौ’ भकारी एमडीसीका अध्यक्ष तथा गीतकार वसन्त वित्यासी थापाले भने ।






