आशा लामाको चुरा पोते (भिडियोसहित)

काठमाडौं,
कार्तिक २८ ।

आशा लामा (ज्ञानमाला) को स्वरमा नयाँ गीत ‘चुरा पोते…’ सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डी. ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ सङ्गीतकार दीपक जंगमले गीत बिमोचन गर्नुभएको हो ।

https://www.youtube.com/watch?v=JseIwhDEDUc

स्वागत नेपालको शब्द, चन्द्रप्रसाद सिवाकोटीको सङ्गीत, एरेन्ज तथा रेर्क्डिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो । जय चन्द्रकुमार लामा र गायिका आशाकै अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ ।

जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको म्युजिक भिडियोको सम्पादन, सह निर्देशन नवीन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईंको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार