काठमाडौं,
कार्तिक २७ ।
डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग पुर्याउन भन्दै नवौँ दिनका दिन अनसन तोडेका हुन् ।
देशको माहोल भारतसँगको सीमा विवादमा केन्द्रित भएको बताउँदै भन्दै उनले तत्कालका लागि अनसन स्थगित गरेको जनाएका छन् । यसअघि सोमबार मात्रै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देश लिपुलेकमा केन्द्रित भएको भन्दै डा. केसीलाई अनसन तोडन आग्रह गरेका थिए ।
जिल्ला अस्पतालमा उपचारका लागि आएकी चार वर्षीया बालिकाको हातबाट जुस पिउँदै डा. केसीले मंगलबार अनसन तोडेका हुन् । अनसन तोड्ने क्रममा डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत लेखेका छन् । उनले पत्रमा नेपाली सीमा मिचेको खबरबाट आपूm स्तब्ध भएको उल्लेख गरेका छन् ।






