‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर

काठमाडौं,
कार्तिक २६ ।

शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ ।अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उलेख्य सहभागीता थियो ।

चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भने । चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको बताए ।

प्रेमराज दाहालको निर्माण र देव भुसालको निर्देशनमा बनेको यो चलचित्रमा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार