‘नजिकै बसौ…’ भन्दै आए प्रदिप र मिना (भिडियोसहित)

काठमाडौं,
कार्तिक १६ ।

प्रदिप लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत ‘नजिकै बसौ…’ सार्वजनिक गरेका छन । प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सानु कोबिदले लेखेको गीतमा सुरेन्द्रकुमार साहीको सङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

गोदावरीको सुन्दर रमणीय ठाऊमा छायाँकन गरिएको भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका छन् ।

सुब्रत राज आचार्यको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ ।

भोजपुरमा जन्मिएका लकान्द्री काठमाडौंमा रहेर सङ्गीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार