कुँवरको छठ गीत ‘मत होख उदास ए धनियाँ…’

काठमाडौं,
कार्तिक १६ ।

साङ्गीतिक क्षेत्रमा आशा लाग्दी गायिका सेलिना कुँवर पछिल्लो समय अति नै ब्यस्त बनेकी छन् । केही समय पहिले बलिउडका हस्तिहरु उदित नारायण झा, कुमार सानु, जाबेद अलिसँग गीत रेकर्डिङ सक्काएर नेपाल फर्के लगतै भोजपुरी गीत सार्वजनिक गरेकी छन् ।

https://youtu.be/oA3DxYpLlOA

छठ पर्वको अवसर पारेर भोजपुरी गायक दिनेशलाल यादव ‘निरहुआ’ र सेलिमा कुँवरको मिठो स्वर समेटिएको छठ गीत सार्वजनिक भएको छ ।

सन्तोषराज सहनीको सङ्गीत, आनन्द अस्तिभाको शब्द रहेको ‘मत होख उदास ए धनियाँ…’ बोलको गीत निरहुआ म्युजिक वल्ड युट्युव च्यान मार्फत सार्वजनिक भएको हो । भोजपुरी चलचित्र ‘रोमियो राजा’को छायाँकनको सिलसिलामा काठमाडौं आएको मौकामा गायिका सेलिनाले भोजपुरी गायक दिनेशलाल यादवसँग छठ गीत रेकर्ड गराएकी थिईन ।

यसमा तपाइको मत

अन्य समाचार