मखमली मखमलीको ‘फूल भैं फूलेको…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक ५ ।

चलचित्र मखमली मखमलीको ‘फूल भैं फूलेको मेरो जिन्दगी…’ गीत सार्वजनिक भएको छ । सावित्रा चिलवालको शब्द तथा सङ्गीत र गायक प्रमोद खरेलको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मंसिर १३ देखि सिनेमाघरमा आउने तयारी गरेको चलचित्रमा जयकिशन वस्नेत, शुभेच्छा थापा, सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोललगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा सावित्रा चिलुवालले नै लेखेकी छन् । बसन्त सापकोटा, बाबुल गिरी र सावित्राको सङ्गीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार