काठमाडौं,
कार्तिक ४ ।
रामकृष्ण ढकालको स्वरमा रहेको तिहार गीत ‘टिका माला…’ सार्वजनिक भएको छ । रमेश बीजीको शब्द, बीबी अनुरागीको सङ्गीत रहेको तिहार गीत ‘टिका माला…’को भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा दिदीको भूमिकामा अभिनेत्री सरिता लामिछाने तथा भाईको भूमिकामा प्रकाश सपूतले अभिनय गरेका छन् ।
भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।






