काठमाडौं,
कार्तिक ४ ।
सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले आवासीय नेपाली सङ्घ (एनआरएनए)ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान सञ्चालन गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच १७ बुँदे सम्झौंता भएको छ ।
सम्झौतामा सबैभन्दा बढी विदेशीलाई नेपाल पठाउने व्यक्ति वा सङ्घ, संस्थालाई नेपाल सरकारले सम्मान गर्ने उल्लेख छ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ ।
भ्रमण वर्ष नजिकीरहेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग सम्झौता गरेको हो ।
सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठीलगायतका कार्यक्रम भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीलाई विदा मनाउन नेपाल जाउँ अभियान सञ्चालन गर्ने सम्झौंतामा भनिएको छ ।






