जनकपुर,
असोज २९ ।
विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा शिवप्रसाद थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाण्डेले ५८ प्रतिशत मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा अर्का प्रत्यासी थापाले ३७ प्रतिशत मत पाएका थिए । ५ प्रतिशत मत भने नो भोटमा खसेको छ । विवेकशील नेपाली दलले योपटक विदेशमा भएका आफ्ना सदस्यहरुलाई अनलाइन भोटिङसमेत गराएको थियो ।
महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वा्चित भएका छन् । विवेकशील नेपालीको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा १० जना र महिला सदस्यमा ३ जना चुनिएका छन् ।
संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वा्चित भएका छन् ।
त्यस्तै, संघीय समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डंगोल र सरला लामिछाने निर्वा्चित भएका छन् । जनकपुरमा जारी विवेकशीलको अधिवेशनमा बुधबार उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव हुँदैछ । असोज २८ गतेबाट सुरु भएको अधिवेशन कात्तिक २ गतेसम्म चल्नेछ ।






