स्व. राम केशर बोगटीको सम्झना

काठमाडौं,
असोज १२ ।

नेपाल चलचित्र कलाकार सङ्घका निबर्तमान अध्यक्ष स्व. रामकेशर बोगटीको प्रथम बार्षिक पुण्य तिथि सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा मध्यपुर नगरपालिका हनुमान स्थान मनोहरा फाटमा निधन भएको एक वर्ष पुगेको सम्झनामा स्मृति कार्यक्रम गरिएको हो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा प्रमुख अतिथि पूर्व मन्त्रि तथा माननीय संसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति सभामा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घको अध्यक्ष आकाश अधिकारी, बरिष्ट अभिनेता शिब श्रेष्ठ, नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेतबहादुर सिंह राजा, कोषाध्यक्ष सुनिल कटुवाल, स्थानिय बिशिष्ट व्यक्तित्वहरु, स्व. राम केशर बोगटीका छोराहरु, बरिष्ट चलचित्रकर्मीहरु, कलाकारहरु तथा स्थानिय व्यक्तिहरुको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घले स्व. रामकेशर बोगटीलार्इ बिशिष्ट कलाकारको घोषणा गर्दै सम्मान समेत गरिएको थियो भने सो अवसरमा विभिन्न बक्ताहरुले स्व. रामकेशर बोगटीले गरेका कार्यहरुको तथा उनले कलाकार सङ्घ तथा समाजसेवामा पुर्याएका योगदानको उच्च मुल्याङ्कन गर्दै स्व. रामकेशर बोगटीको बाँकी सपना यथाशिघ्र पुरा गर्न तथा सङ्घको भबन निर्माणमा यथासक्य पहल गर्न जोड दिएका थिए । उक्त स्मृति सभाको कार्यक्रम बरिष्ट कलाकार लय संग्रौलाले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार