फूलको कुरा गर्दै आए मचिन्द्र (भिडियोसहित)

काठमाडौं,
असोज ११ ।

गायक मचिन्द्र राई फूलको कुरा गर्दै आएका छन् । गायक राईको नयाँ गीत मार्फत ‘फूलको कुरा’ गर्दै आएका हुन् । जसमा चर्चित हास्य कलाकार उमेश राई ‘फुःलेन्देकी आमा’, मोडल मौसमी कन्दङ्वा सुब्बा र आरुशीबीच फूलको कुरा चल्छ ।

लोक डान्सिङ बिटको उक्त गीतको भिडियोमा कलाकारलाई निर्देशकले त्रिकोणात्मक रुपमा प्रस्तुत गरेका छन् अर्थात उमेश राई, मौसमी र आरुशीबीच त्रिकोणात्मक प्रेम चक्करलाई कलात्मक रुपमा भिडियोमा उतारिएको छ ।

गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक जसबहादुर याख्खा ‘जसु’ले निर्देशन गरेका हुन् । उनले ‘फूलको कुरा’लाई डान्सिङ बिटमा भएपनि कलात्मक बनाउने प्रयास गरेका छन् ।

‘फूलको कुरा’का लागि कोरियोग्राफी सन्देश राई र छायाँकन ज्ञानेन्द्र शर्मा टिमले गरेको हो । ‘फूलको कुरा’ गर्ने कलाकारलाई सिँगार्ने काम भने निसुम नेम्बाङले गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार