काठमाडौं,
असोज १० ।
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत यो चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेको हो ।
अशोक शर्माको लेखन/निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अशोककै छोरा अंकित शर्माको मुख्य भूमिका छन् । साथमा रविन्द्र झा, नीता ढुंगाना, खुश्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुसाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले चलचित्रमा अभिनय रहेको छ ।
एए ग्रुप अफ कम्पनीको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा किरन शर्मा र कृति शर्मा छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको सङ्गीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन तथा मित्र देव गुरुङको सम्पादन रहेको छ ।






