नविता र निशानको स्वरमा ‘बरिलै’ (भिडियोसहित)

काठमाडौं,
असोज ८ ।

नविता पौड्याल र निशान भट्टराईको स्वरमा रहेको गीत ‘बरिलै’ सार्वजनिक भएको छ । दीपक शर्माका शब्द, लय सङ्कलन र उदयराज पौडेलले सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुब्रत राज आचार्यको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटकबाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियोमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत सङ्गीतमा क्रियाशील छिन । यसअघि उनले स्लो रोमान्टिक पप, आधुनिक र नन कमर्शीएल गीत स्रोता/दर्शकमाझ प्रस्तुत गरिसकेकी छिन ।

यसमा तपाइको मत

अन्य समाचार