काठमाडौं,
असोज ८ ।
एक दशक देखि गायन र अभिनयको क्षेत्रमा निरन्तर कृयाशिल श्यामकुमार मिश्र अस्वस्थ भएका छन् । भोजपुरी गीत, सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका उनको यतिबेला हरिद्वार ‘उत्तराखण्ड, भारत’ स्थित योग ग्राम पञ्चकर्म उपचार तथा रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
अचानक डिप्रेसन बढेपछि चिकित्सकको सल्लाअनुसार श्याम मंगलबार योग ग्राममा भर्ना भएका हुन् । उनको परिवारिक सुत्रकाअनुसार केही दिन त्यही राखेर उनलाई उपचार गराउनु पर्नेछ ।
केही समय पहिले भोजपुरी र हिन्दी भाषाको गीत स्रोतामाझ ल्याएका मिश्राका राजेन्द्र बजगाईंको सङ्गीतमा नेपाली भाषाको गीत पनि रेकर्डिङको क्रममा छन् ।






