गृष्माले नेपाल आइडल सिजन तीनको टप तीन लाई वर्ल्ड टुर गराउने

काठमाडौं,
असोज ६ ।

गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन तीन को टप तीन लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएसँगै टप तीन को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।

टप तीन लाई विदेशमा रहेका हरेक नेपाली समक्ष मुनलाइट रेकर्ड्ससँगको सहकार्यमा पुर्याउने गृहेन्द्रले बताए । टप तीनको एक वर्षसम्मको सम्पूर्ण दायित्वलाई गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसँगै टप तीन समेत गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउदा आफूहरु खुसि रहेको लक्ष्मीप्रसाद पौडेलले बताए ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ गर्दै आएको यस कम्पनीले नेपालमा ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ ।

यसैगरी गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन दुई का विजयी टोलीलाई मुनलाइट्स रेकर्ड्ससँगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन तीनको वर्ल्ड टुर आउँदो सन् २०२०को फेब्रुअरीबाट सुरु गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार