काठमाडौं,
असोज ३ ।
नेपालीहरुको महान् पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यस्तैमा शिवबहादुर सार्कि र गीता देवीको स्वरमा रहेको गीत ‘मायाको पिरैमा…’ सार्वजनिक भएको छ । नारायण पुरकोटीको शब्द, रेशम थापाको सङ्गीत र बिष्णु तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सबिन गौतमको निर्देशन रहेको गीतको भिडियोमा सबिन गौतम, आयुष्मा कार्की, केदार, सुविज्ञा, शोभा, सृष्टिलाई फिचर गरिएको छ । सागर गौतमले छायाँकन गरेको भिडियोमा रमित आलीको सम्पादन रहेको छ ।






