शान्ति पुनस्र्थापना गृह को २६ औं साधारण सभा सम्मन्न

काठमाडौं,
भाद्र ३० ।

शान्ति पुनस्र्थापना गृहको २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव सम्पन्न भएको छ । संस्थाकी संस्थापक अध्यक्ष शान्ता सापकोटा को अध्यक्षतामा साधारण सभा तथा रजत महोत्सव सम्पन्न भएको हो ।

गोदावरी नगर पालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा गोदाबरी नगर नगरपालिका की उपप्रमुख मुना अधिकारी, मानव बेचबिखन विरुद्ध कृयाशिल एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरे, महानगरीय परिसरकी उपप्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द र जन अधिकार संरक्षण मञ्चका निर्देशक सतिस कुमार शर्मा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य र वार्षिक प्रतिबेदन संस्थाका सचिव इन्द्रराज भट्टराईले प्रस्तुत गरेका थिए भने अर्जुन ढकाल, सतिस शर्मा, दुर्गा सिंह चन्द, दुर्गा घिमिरे, गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथि गजेन्द्र महर्जनले शान्ति पुनःस्र्थापना गृहसँग सहकार्य गरि कामगर्ने प्रतिबद्धता गरे ।

कमला पन्थीले सञ्चालन गरेको कार्यक्रममा एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेलाई विशेष सम्मान र भारतबाट प्रकाशित हुने राष्ट्रिय साहरा दैनिकका ब्यूरो चिफ अजय प्रताप गुप्ता, मानव बेचबिखन विरुद्ध लामो समयदेखि कलम चलाउने कपिलवस्तुका पत्रकार सिताराम चौधरी, उत्कृष्ट कर्मचारी दीपक के.सी., सुनिता के.सी. र लक्ष्मी चौधरीलाई सम्मन गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार