काठमाडौं,
भाद्र २९ ।
युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को अनामनगर चौक मूल सडकबाटै लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा समाजका प्रतिष्ठित ब्यक्तित्व नेपाली साहित्य फाँटका प्रतिभाशाली लेखक, चलचित्रका दिग्गज कलाकर्मीहरुबाट सामुहिक रुपमा एकैसाथ महङ्गो चारतारे होटेल देखि बिभिन्न सभागृहहरु र अन्य ठाउँबाट बिमोचन गर्ने पुराना परिपाटीलाई थाँती राखि आम जनसमुदायलाई सन्देश दिने हेतुले ‘फुलारा लिट्रेचर फाउण्डेशन नेपालको आयोजनामा अनामनगर मुल सडकमा पुस्तकको लोकार्पण गरिएको थियो ।
लोकार्पण कार्यक्रममा जेष्ठ नागरिक, बरिष्ठ पत्रकार तथा समाजसेवी भैरब रिसाल, बरिष्ठ ब्यक्तित्वहरु मोहनबहादुर के.सी., इञ्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदीप रिमाल, बृत्तचित्र सम्पादक मानबहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवली, पुस्तक अनुवादक रिषी नौपानेलगायत दर्जनौ लघुप्रतिष्ठित ब्यक्तित्वहरु तथा सयौं सङ्ख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार तथा समाजसेवी भैरब रिसालले साहित्यकारहरुले सामाजिक तड्क भड्क र महङ्गोमा पुस्तक लोकार्पण गर्ने परिपाटीलाई छिचोल्दै युवा लेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक विमोचन गर्न सकिन्छ भन्ने सन्देश आम नागरिकहरुमा दिन सकेकोमा गौरवान्दित महशुस गरेको भन्दै युवा लेखक फुलाराको नयाँ कदमको तारिफ गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवालीले चर्चित युवा साहित्यकार फुलाराले जुन किसिमको साहित्यमा योगदान दिईरहेका छन् उक्त कार्य युवा वर्गको लागि उदाहरण तथा प्रशंसनिय रहेको बताए । नेपाली साहित्यको बिकासका लागि अङ्ग्रेजीमा अनुवादित यो पुस्तकले पाठकहरुलाई समाजमा यथार्थ घट्ना, परिघट्ना र समाजले भोग्नु पर्ने पिडालाई उतारेको चर्चा गरे ।
त्यसैगरी ‘टुहोरो कुण्डली’ पुस्तकका अनुवादक रिषी नौपानेले पुस्तकमा भौगलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानविय घट्नालाई यथार्थ रुपमा चित्रण गरेको बताए । यो पुस्तक मानविय करुणारसले भरिएकोले आफूले अङ्ग्रजीमा अनुवाद गर्न पाएकोमा खुशी ब्यक्त गरे । नेपाली साहित्य इतिहासमा सम्भवत पहिलो पटक मूल सडकबाटै पुस्तक विमोचन भएकोमा नयाँ शैलिको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई धन्यवाद सहित बधाई ज्ञापन गरे ।
युवा उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफू बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगाएर उपन्यास तयार पारेको बताए । सामाजिक संवेदना स्खलीत हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया मायाँ, सद्भाव र सहानुभुति जस्ता संवेदना उठान गरेर लेखेको हुनाले पाठकहरुलाई एकचोटी अवस्य पढेर प्रतिकृया दिन आग्रह गरे । फुलारा लिट्रेचर फाउण्डेशन नेपालले बजार ब्यबस्थापन सम्हालेको यो पुस्तकको मूल्य ५५० रहेको छ ।






