सिन्धुली,
भाद्र २७ ।
मोडलिङ तथा कलाकारिताको क्षेत्रमा नै आफ्नो प्रतिभा पस्केर एक कुशल, नायिका तथा मोडल बन्ने सोचका साथ कला क्षेत्रमा सकृय नवनायिका, मोडल सुमन ढकाल पछिल्लो समय ब्यस्त बन्दैछिन् ।
आधा दर्जन म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेकी सुमन नृत्य र अभिनयमा आफुलाई अब्बल ठान्छिन । सुमन अभिनित पछिल्लो चलचित्र ‘एकलब्य’ गत साउनमा प्रदर्शनमा आएको थियो भने टेलिचलचित्र ‘भाग्य आ-आफ्नो’, ‘खैला बैला’, ‘जीवनचक्र’, ‘कथा यस्तो पनि’, प्रशारण भइरहेको छ । भोजपुरी चलचित्र ‘चक्रब्यु’मा पनि उनले काम गरेकी छन् ।
यतिबेला उनि सिन्धुली वरपर छायाँकन भइरहेको चलचित्र ‘सेल्फी किंग’ मा ब्यस्त रहेकी छन् । अभिनय गर्नुमात्र होईन अबको लक्ष्य भनेको लेखन र निर्देशन पनि रहेको उनी बताउँछिन् ।






