काठमाडौं,
भाद्र २७ ।
करिव दुई वर्षअघि पृथक शैलीको पहिलो गीतका कारण नै साङ्गीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत लिएर आएका छन् । गायक मानस राजकै शब्द, सङगीत तथा स्वर रहेको ‘मै हुँ हिरो…’ गीतकाो भिडियो लिएर उनी दर्शक/स्रोतामाझ आएका हुन् ।
मानस राजले नै निर्देशन गरेको गीतको भिडियोमा उनको दुई दशक अघिको गीत ‘भाइरल भइदियो’ भिडियोकै बाल नृत्याङ्गना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।
‘यो गीत तथा भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ’, गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।
राजश ईशानद्वारा सङ्गीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् भने शुभम भुजेलको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
मैं हुँ हिरोको कभर भिडियो कन्टेष्ट
यसैबीच गायक मानस राजले मैं हुँ हिरो…गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् । त्यसका लागि सहभागि युवा-युवतीहरुले उत्तः गीतमा आधारित कभर भिडियो बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गरि भिडियोको लिङ्क गायकलाई इमेल गर्नु पर्नेछ ।
अक्टोबर ३०, २०१९ सम्म सञ्चालन हुने यो कन्टेष्टका विजेताले गायक मानस राजको आगामी म्युजिक भिडियोमा फिचर हुने मौका पाउने छन् । यो प्रतियोगिताको नजिता डिसेम्बर ३०, २०१९ का दिन सार्वजनिक गरिने गायक मानस राजले बताएका छन् । कभर भिडियोको लिंक manasraj01@gmail.com मा पठाउनु पर्नेछ ।






