काठमाडौं,
भाद्र २४ ।
बिबाहित महिलाहरुबीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरको छन् । रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९मा सहभागी ३६ जना विभिन्न पेशाकर्मी र गृहीणीहरुले ट्यालेन्ट राउण्ड अन्र्तगत प्रतिभा प्रदर्शन गरेका हुन् ।
अन्तिम स्पर्धामा लागि विभिन्न विषयका विज्ञबाट तालिम र कक्षा लिईरहेका सहभागीले नयाँ वानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेन्ट शोमा अभियन, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकला विषयवस्तुमा प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेण्ट चयन गरिने र त्यसको घोषण अन्तिम स्पर्धाका दिन गरिने प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए ।
ट्यालेन्ट शोमा रङ्गकर्मी वीरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, सङ्गीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए । प्रतियोगिताका अन्तिम स्पर्धा आगामी असोज ४ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुँदैछ ।
रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैगिङ्क असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक झाले जानकारी गराए । प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतुकिरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाईं, रुपाशाह, रश्मि शाक्य, रचना कडरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्तिदेवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्न पाउने भएका छन् ।
प्रतियोगिहरुलाई पूर्व प्रधानसेनापती रुक्माङगद कटुवाल, कलाकारहरु वीरेन्द्र हमाल, संचिता लुईटेल, शिक्षासेवी पुर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवत्ता तथा कलाकार कृष्ण ढुङ्गाना, सङ्गीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायि अनुप के बराललगायत बाट कक्षा दिईंदै आएको छ ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीहुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन् । त्यस्तै प्रथम दोस्रो र तेस्रो उपविजेताहरुले विभिन्न अवसरका साथै अन्तर्राष्ट्रिय पेजेन्टमा भागलिने अवसर समेत पाउने आयोजकले जानकारी गराएका छन् ।






