यस्तो आयो ‘काले दाई’को ट्रेलर

काठमाडौं,
भाद्र २४ ।

चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपालीहरुको महान् चाड बिजया दशमीको छेको पारेर देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘काले दाई’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र असोज १७ गतेबाट सिनेमाघरमा आउँदै छ ।

शिव शर्माले निर्देशन गरेको यो चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, रामचन्द्र अधिकारी, सारिका घिमिरे, राजन तिमिल्सिना, शिवहरि वैरागी, गोबिन्द श्रेष्ठलगायतका कलकारको अभिनय रहेको छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ ।

गोविन्दप्रसाद उपाध्याय, सुमन वैरागी पण्डित, इन्द्र राजमलीले लेखेका यो चलचित्रका गीतमा धु्रव विश्को, दीपा लामा, सहिमा श्रेष्ठ, सुरज थापा, शिवकुमार परियार, रेखा पौडेल, मेखु खण्डका, अभिन रानुस र सागर सुनारले स्वर दिएका छन् भने दीपक शर्मा र रेखा पौडेलको सङ्गीत रहेको छ ।

पवन गौतमको छायाँकन रहेको यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन र रामजी लामीछानेको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन छ भने स्क्रिप्ट किसन अर्याल र इन्द्र रामजालीले लेखेका हुन् । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार