काठमाडौं,
भाद्र २३ ।
कात्तिकको ८ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको सङ्गीत, नृपेश उप्रेतीको शब्द, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ ।
गीतको भिडियोमा मुख्य कलाकारहरु नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा कलाकारद्वय सोहित मानन्धर र सुरक्षा पन्तलाई देख्न सकिन्छ ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा दीपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले लिएका छन् ।






