यस्तो छ चीनका विदेशमन्त्री वाङ यीको भेटघाट कार्यतालिका

काठमाडौं,
भाद्र २३ ।

तीन दिने भ्रमणका लागि आइतबार साँझ नेपाल आइपुगेका चीनका विदेशमन्त्री वाङ यी आज महत्वपूर्ण भेटघाटमा व्यस्त हुने भएका छन् । उनी आज याक एण्ड यति होटलमा हुने अपरान्ह ३ः३० बजेदेखि करिब १ घण्टा आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग दुईपक्षीय वार्तामा सामेल हुनेछन् । सो बैठकपछि दुवै पक्षका प्रतिनिधिबीच केही विषयमा सम्झौता पनि हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयको कार्यक्रम तालिकामा जनाइएअनुसार उनी ५ देखि ५ः४५ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा हुनेछन् भने ६ बजेबाट करिब ४० मिनेट उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा आयोजना गरिने रात्रिभोजमा सामेल हुनेछन् ।

उनले भोलि मंगलबार बिहान ९ बजेबाट आधा घण्टा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यस लगत्तै आधा घण्टा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।
उनी भोलि दिउँसो १ बजे स्वदेश फर्किनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार