जालमा फसायौको भाग २ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र २२ ।

लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशी भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष (आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डीएआर मुभिजका राजाराम गौतमले बताए ।

जालमा फसायौ २ गीतबाट भएको कमाई/रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले सञ्चालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिए । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।

https://www.youtube.com/watch?v=HoR3iYYglRE&t=18s

जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्की, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्की, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पूजा पाठक, रामप्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

प्रभावन जेको लय, शब्द तथा सङ्गीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जीवन बडुले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार