माछापोखरीबाट दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं,
भाद्र २२ ।

काठमाडौँको माछापोखरीबाट प्रहरीले शनिबार दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएका विशेष टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । परिसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ अभियुक्तहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार