काठमाडौं,
भाद्र १९ ।
जातिय विभेद विरुद्धको कथामा चलचित्र ‘नदेखिएको जात’ बन्ने भएको छ । यो चलचित्र मार्फत जङ्गबहादुर घले नवनायकका रुपमा दर्शकमाझ आउँने भएका छन् । उनी चलचित्रका सहनिर्माता पनि हुन् ।
बेदप्रसाद भुर्तेलको कथा, निर्देशन रहने चलचित्रका गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने अञ्जु पन्त, प्रमोद खरेलको स्वर रहेको छ ।

शिवम अधिकारीको पटकथा रहेको चलचित्रका प्रस्तुतकर्ता वीरु थापा हुन् । चलचित्रमा नायक निश्चल दाहाल र नवनायक जङ्गबहादुर रहेका छन् । अन्य कलाकारको छनोट भइरहेको निर्माणपक्षले जनाएको छ ।






