काठमाडौं,
भाद्र १५ ।
चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दीपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
चलचित्रको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् भने फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टी श्रेष्ठ पनि छन् ।






