काठमाडौं,
भाद्र १३ ।
चलचित्र ‘छ माया छपक्कै’ पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक गरिएको छ । लोक शैलीको गीत शुक्रबार विहान सार्वजनिक गरिउको हो ।
गीतमा चलचित्रका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । छ ।
राजेन्द्र थापाको शब्द, बसन्त थापा र मिना निरौलाको स्वर रहेको गीतमा बसन्तकै सङ्गीत, योगेशकाजीको एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ छ ।
गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्रत्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
दीपेन्द्र लामा निर्देशित यो चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ, रामकाजी घिमिरेको पनि अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ ।
संवादमा दीपकराजलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् ।
हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको चलचित्रले ४० वर्ष उमेर अन्तरालको प्रेम कथा वाचन गर्ने बताइएको छ ।
आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।






