लव जोनको ‘मैले खुशी पाउँदा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र ९ ।

चलचित्र लव जोनको गीत ‘मैले खुशी पाउँदा…’ सार्वजनिक भएको छ । ओमबाहादुर कार्कीको निर्माण तथा शंकर अधिकारी ‘घायल’को लेखन एवम् निर्देशनमा निमार्ण भएको चलचित्रमा समावेश गरिएकोे वियोगान्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

शंकर अधिकारी को शब्द तथा टंक बुडाथोकीको सङ्गीतमा गुरुदेव कामत र नित्याशिवाको स्वर रहेको छ सार्वजनिक गीतमा । बिजी बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्र लव जोनमा मानविय जीवनको बास्तबिकता अनि जीवनको यथार्थलाई समावेश गरिएको छ ।

राजन महर्जनको नृत्य, बिक्रम कार्कीको छायांकन र बिश्वास भण्डारी को सम्पादन रहेको चलचित्रमा राजन महर्जन, तृष्णा खड्का, राजन श्रेष्ठ, रुवी थापा, डिबि लामा, निमा लामा, शर्मिला भुजेल, कुमार कार्की, बिक्रम कार्की र प्रेरणा बोहराको अभिनय रहेको छ भने बालकलाकार रचना कार्कीको अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार