काठमाडौं,
भाद्र ४ ।
किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘सुहागरातमा…’ सार्वजनिक भएको छ । आनन्द कार्की र निशा देशारको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा सबिता रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।






