काठमाडौं,
भाद्र ४ ।
अशोक मुकारुङ र जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा संयोजन रहेको भिडियो जीवन मुकारुङले निर्देशन गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन पनि मुकारुङकै रहेको छ । भिडियोको निर्माता विजय मगर रहेका छन् । भिडियो गायिका जुनीको अफिसियल युटुबमार्फत् सार्वजनिक भएको हो ।






