अमेरिकामा ‘ठुलो माछा’

काठमाडौं,
भाद्र ३ ।

नेपाली कलाकारमा ‘नक्कली प्रचण्ड’को नामले चिनिएका कलाकार प्रदीप पाठक नक्कली (प्रचण्ड) चलचित्र छायाँकन गर्न अमेरिका जाने भएका छन् । उनी आफैँले निर्देशन गरिरहेको हाँस्यप्रदान भनिएको चलचित्र ‘ठूलो माछा’को छायाँकनका लागि अमेरिका जान लागेका हुन् ।

चलचित्रको केही दृश्य नेपालमा छायाँकन गरिने छ भने बाँकी अमेरिकामै हुने पाठकले बताए । ‘हाल नेपालमै छायाँकन भइरहेको छ । अब केही दिनमै अमेरिका उड्ने तयारी भइरहेको छ’, निर्देशक पाठकले भने ।

दसैँ सकिएलगत्तै अमेरिकामा छायाँकन सुरु हुने पाठकले जानकारी गराए । अमेरिका निर्देशक आफैँमात्र जान लागेको र त्यहीँका क्यामेरा र नेपाली कलाकारलाई चलचित्रमा समावेश गर्ने उनले बताए । दुई महिनाभित्र अमेरिकामा छायाँकन सकेर भारतमा पनि चलचित्रको छायाँकन गरिने उनले जनाए ।

यसमा तपाइको मत

अन्य समाचार