‘पलायन हुन्छ रे’ भन्दै अनु (भिडियोसहित)

काठमाडौं,
साउन २८ ।

अनु राईको स्वरमा रहेको गीत ‘पलाएन हुन्छ रे’ सार्वजनिक भएको छ । वावुल गिरीको शब्द, सङ्गीत र ऐरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गोविन्द राईले निर्देशन गरेको गीतको भिडियोमा आँचल शर्माको नृत्य रहेको छ । तेन्जु योञ्जनको कोरियोग्राफ रहेको भिडियोमा वीरेन्द्र भाट्टको छायाँकन र अनिल रानाको सम्पादन रहेको छ ।

अनुका यसअघि सार्वजनिक भएका ‘गीत मन पराई मायाले’, ‘तिम्रो न्यानो साथ’, ‘कसरी विर्सने‘, ‘मैले चाहे तिमीलाई’, ‘देउसी भैलो, हल्ला नगर’, ‘म साथि बन्न सक्छु’ ‘दुईचार छितिज’लगायतका गीतहरु स्रोता/दर्शकको रोजाइमा परेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार