काठमाडौं,
साउन २६ ।
नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा जनक लामा, दुर्गा गौतम र टिका भुजेल को स्वरमा रहेको तीज गीत ‘मेरी काली’ सार्वजनिक भएको छ । भीमसेन गौतम ‘उदास’को लय शब्द र विष्णु तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नारायण मगरले निर्देशन गरेको भिडियोमा सबिन गौतम, भमसेन गौतम, रुद्र केसी, दुर्गा गौतम, मिना तामाङ, प्रतीक्षा तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
रामेश्वर जिरेलले छायाँकन गरेका भिडियोलाई निर्देशक नारायणले नै सम्पादन गरेका छन् । गौतम ईन्टरटेन्टमेन्ट युट्युव मार्फत सार्वजनिक गीत जनक लामा र दुर्गा गौतमको संयुक्त प्रस्तुतिका रुपमा बजारमा आएको हो ।






