चलचित्र ‘म’को घोषणा

काठमाडौं,
साउन २१ ।

चलचित्र ‘म’ बन्ने भएको छ । परिक्षेद सेनको निर्देशनमा चलचित्र ‘म’ बन्ने भएको हो । ‘म’लाई लामो समयदेखि फिल्म अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा भएको छ । घोषणा कार्यक्रममा चलचित्रका कलाकार तथा विभिन्न बिषयबारे जानकारी दिइयो ।

भदौ पहिलो साताबाट छायाँकनमा जाने बताइएको चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन् ।

विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइली, भूमिकामा पवन भट्टराई, श्यामसुन्दर घिताल, उत्तम राई, गौरव मल्ललगायतको अभिनय रहने चलचित्रमा उनभ श्रेष्ठ र सम्पन्न ढकाल बालकलाकारको रुपमा रहेका छन् ।

जितेन लेप्चाको गीत रचना रहने यो चललचित्रमा कवितामाथि पनि सङ्गीत भरिने कार्यक्रममा जानकारी दिइयो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने सङ्गीत किरण भुसालले दिनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार