मिस्टर वर्ल्ड प्रतियोगी अक्षयलार्ई मन्त्री योगेशको बधाई तथा शुभकामना

काठमाडौं,
साउन २० ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् ।

आइतबार भेटमा मन्त्री भट्टराइले अक्षयलाई भने- ‘नेपालका सबै युवाहरुको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’मा जादै हुनुहन्छ ‘फर्कर आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्वपुर्ण कार्यक्रममा जादै हुन्छ । भिजिट नेपाल २०२०का लागि सबैलाई निम्तो गर्नु होला ।’

रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापालगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए ।

भेटमा अक्षयले मन्त्री भट्टराइलाई आफुले नेपालबाट लैजान लागेको भोषभुषा, कला संस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा शिर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए ।

यसमा तपाइको मत

अन्य समाचार