काठमाडौं,
साउन १७ ।
आज देशभरको मौसम बदली भएर केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको मनसुनको न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।
देशभर दिउँसो भने आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।






