कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं,
साउन १३ ।

राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा आज सार्बजनिक हुने भएको हो । परीक्षामा साढे चार लाख विद्यार्थीले परीक्षा दिएका थिए ।

यसअघि (विज्ञान र अन्य विषयको) दुई चरणमा आउने गरेको परीक्षाफल यसवर्ष भने बोर्डले सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको छ ।

बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएकाले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो । परीक्षाफल प्रकाशनका लागि आज साँझ बोर्ड बैठक बस्दै छ ।

यसमा तपाइको मत

अन्य समाचार