‘नाचौ छम छम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १२ ।

पल शाह र आचल शर्माको अभिनय तथा डान्स रहेको ‘नाचौ छम छम…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
कमल अधिकारी र मेलिना राइको स्वर रहेको उक्त गीतमा गीतकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायाँकन रहेको छ । गीतमा सङ्गीत र सङ्गीत संयोजन कमल अधिकारीकै रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार