सामाखुशी साहित्य समाजको साहित्यिक कार्यक्रमको १०० औं श्रृङ्खला सम्पन्न

काठमाडौं,
साउन १२ ।

सामाखुशी साहित्य समाजको नियमित साहित्यिक कार्यक्रमको १०० औं श्रृङ्खला साउन ११ गते शनिबारका दिन सामाखुशी स्थित लिङ्कन कलेजमा सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्णकान्त घिमिरे, चन्द्रबदना घिमिरे, सूर्यबदना आचार्य, प्रा.डा. गार्गी शर्मा, तारा के.सी., गोविन्द घिमिरे बेदमणि, टङ्कबहादुर आले मगर, अरुण नदी खत्री, लिलाराज दाहाल, डा. मेघराज ढकाल, मञ्जुश्री प्रधान, गंगा आचार्य, निर्मल पराजुली, रुद्र अधिकारी, डा. सत्यराज थपलिया, प्राज्ञ डा. दिनेशराज पन्त, डिल्लीप्रसाद मूलतिहुन, लब खड्का, उर्मिला पन्त पाण्डे, सानु शर्मालगायत ४५ जना कवि एवम् कवयत्रीहरुले आ-आफ्नो रचना पाठ गरेर सुनाएका थिए ।

कार्यक्रम प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख अतित्यमा र समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रस्तुतिः अरुण नदी खत्री

यसमा तपाइको मत

अन्य समाचार