‘नाचौ दिदी बहिनी…’ भन्दै आए गायत्री र राधा (भिडियोसहित)

काठमाडौं,
साउन १० ।

गायत्री थापा र सर्मिला गुरुङले तीज गीत ‘नाचौ दिदी बहिनी’ ल्याएका छन् । गायत्री थापाकै शब्द रहेको गीतमा सर्मिलालाई स्वरमा राधा हमाल बाँनियाले साथ दिएकी छन् ।

https://youtu.be/PJALrfjygFc

‘नाचौ दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मन पराउने, बुझ्ने खालका शब्द रहेकोले सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ ।

नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट केही पहिले विभूषित समेत भएकी थिइन् ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार