काठमाडौं,
साउन ८ ।
नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को आइटम गीतको भिडियो सार्वजनिक गरिएको छ । मिना निरौलाको स्वर रहेको ‘क्या बात छ…’ बोलको गीतमा शब्द यमन सुवेदी र र सङ्गीत किरण भुसालको छ ।
गीतमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्रीलगायतका अन्य कलाकारहरुको अभिनय छ ।
चलचित्र ‘साइनो’ यही साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छाँयाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन छ ।






