‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्साएपछि…

काठमाडौं,
साउन ६ ।

अभिनेत्री बेनिशा हमाललाई शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्सायो ।स्टुडियोका वार्षिक उत्सबमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साएका हुन् । कलाकार तथा पत्रकार सरिता भारती नाच्दै जब भूत बनेर बेनिशाको अगाडी एक्कासी आईन् । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवम् मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् ।

‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिनु भएकोमा आभारी छु।’ बेनिशाले कार्यक्रम पश्चात भनिन्। हरर जनरामा निर्माण भएको उनको चलचित्र घर हेरेर धेरै दर्शक हलमा तर्सिरहेको बेला बेनिशालाई कार्यक्रममा स्वागतको क्रममा भूत बनेर कलाकारहरुले तर्साएका रहेछन् ।

करिब दुई घन्टा लगाएर बिनाले सरितालाई मेकअप मार्फत भूतको रुपमा उतारेकी थिईन्। चलचित्र घरलाई लक्षित गरेर बेनिशा सहित अन्य अतिथिको स्वागत भूतबाट गरिएको पनि बिनाले बताईन्। मेकअप स्टुडियो हो केहि फरक गरौँ भनेर पनि आफुहरुले यो तरिका अपनाएको बिनाले बताईन् ।

बेनिशाले आउँदा दिनमा आफुले पनि चेली मेकपअ स्टुडियोबाट सेवा लिने बताईन्। चेलीमा गुणस्तरीय सेवा र राम्रो प्रशिक्षण हुने भन्ने जानकारी पाउँदा खुसी लागेको पनि बेनिशाले बताईन् ।

स्टुडियोमा मेकअप प्रशिक्षण लिएका ३५ जना विधार्थीलाई अभिनेत्री बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । आफ्नो चलचित्र घरले दर्शकलाई तर्साउन सफल भएको बताउँदै बेनिशाले भनिन्,‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं, एउटा घर आफ्नो होस् भन्ने सबैको चाहाना हुन्छ । तर, त्यसतो कुनै घर भित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ ।’

कार्यक्रममा नेपाल कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नेपालमा रहेका मध्य राम्रोमा पर्ने मेकअप स्टुडियो चेली मेकअप स्टुडियो पनि भएको बताए । वादी हर्बलका अध्यक्ष मुकुन्द फुयाँल र नेचर इसेन्स एवं कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले पनि चेली मेकअप स्टुडियोको प्रगतिको कामना गरे ।

यसमा तपाइको मत

अन्य समाचार