काठमाडौं,
साउन ३ ।
इन्दिरा भट्टराईको स्वरमा चर्चित मोडल सम्झना बुढाथोकीको निर्देशन रहेको तीज गीत ‘नाचौ मितिनी’को भिडियो सार्वजनिक भएको छ ।
बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना तथा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजनाकाबीच सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा तीजको मौलीकता हराउदै गईरहेको अवस्थामा यस गीतले केही हदसम्म भए पनि हराउदै गएको तीजको मौलीकतालाई जोगाई राख्न मद्धत गर्ने विश्वास लिएको गीतकार अधिकारीले बताए ।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडालले तीजको विशेषता माथि प्रष्ट पार्दै गीत राम्रो बनेको बताए । उपसचिव बडालले गीत समग्रमा राम्रो बनेको र गीतमा समावेश गरिएका शब्द, भिडियो निर्देशन तथा गायनमा मौलिकतापन झल्किएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै रङ्ग पत्रकार शान्ति प्रियाले विकृतिमुलक गीत नभएको उल्लेख गरे । गीतमा समाबेश गरिएको मौलिक शब्दहरुको तारिफ गर्दै तीजको माहोलमा यस गीतले छुट्टै पहिचान दिनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, रङ्ग पत्रकार शान्तिप्रिय, फिल्मी पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, गायक सिताराम पोखरेल, गायक राज सागर, निर्माता निर्देशक माधव खरेल, प्यासन नेपालकी सिइओ ममता बस्नेतलगायत विभिन्न साङ्गीतिक क्षेत्रका व्यक्ति तथा विभिन्न सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सार्वजनिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय रहेको छ । राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।






